लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मिडियालाई हस्तान्तरण गर्ने बजेट सच्याउन पत्रकार महासंघको माग

IMG

तिलोत्तमा सिटी,८ कार्तिक २०७८। नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ०७८/७९ को बजेट सच्याउन माग गरेको छ ।बजेटमा व्यक्तिगत पहुँच र प्रभाव झल्केको भन्दै तुरुन्त सच्याउन माग गरिएको हो । सोमबार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल र सचिव विनोद परियारले विज्ञप्ति जारी गर्दै सबै सञ्चारमाध्यमलाई समान रुपमा सम्बोधन हुने गरी बजेट विनियोजन गर्नुपर्नेमा केही सञ्चारमाध्यम तोकेरै बजेट विनियोजन गरिँदा सरकारको अभिभावकीय भूमिकामाथि प्रश्न उठेको उल्लेख गरिएको छ ।


‘विधि पद्धति र आर्थिक अनुशासन विपरीत छुट्याइएको सञ्चारसम्बन्धी बजेटलाई तुरुन्त सच्याई प्रदेशभरीका सञ्चारमाध्यमले लाभ लिने गरी समानुपातिक रुपमा वितरण हुने व्यवस्था मिलाउन अनुरोध गर्दछौं’–विज्ञप्तिमा भनिएको छ ।महासंघले पत्रकार कल्याणकारी कोषको रकम अहिलेको सरकारले घटाएकामा आपत्ति जनाउँदै वृद्धि गर्न माग गरेको छ । महासंघले लम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक तुरुन्त फिर्ता लिई संविधानको मर्म, भावना र पूर्ण प्रेस स्वतन्त्रतालाई ग्यारेन्टी गर्न पनि माग गरेको छ ।लुम्बिनी प्रदेश सरकारले सरकार निकटका सञ्चार माध्यमलाई मात्रै बजेट विनियोजन गरेको भन्दै यसअघि प्रकाशन तथा प्रसारण समाज रुपन्देही र एलायन्स फर कम्युनिटी मिडियाले पनि विरोध जनाएका थिए ।

कमेन्ट गर्नुहोस्