
तिलोत्तमा सिटी,६ कार्तिक २०७८।नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को प्रथम वडा अधिवेशन अन्तरगत रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सबै वडामा सर्वसहमतिमा नेतृत्व चयन भएको छ । जिल्लाको सुगम तथा अक्षतभुमि तिलोत्तमा नगरका १७ वटै वडामा सहमतिमा नेतृत्व चयन भएको हो । अधिबेशनले तिलोत्तमा वडा नम्बर-१ मा गोविन्द अर्याल, तिनपा–२ मा भुवन आचार्य,तिनपा–३ मा तोलाकान्त भण्डारी,तिनपा–४ मा शंकर जिसी(जितेन्द्र), तिनपा–५ मा कृष्ण प्रसाद भट्टराई,तिनपा–६ मा एकादेव पाण्डे,तिनपा–७ मा हेमराज पौडेल,तिनपा–८ मा कमलकान्त गौतम,तिनपा–९ मा बावुराम भण्डारी,तिनपा–१० मा गोपाल घिमिरे,तिनपा–११ मा राधा शाही,तिनपा–१२ मा ढालबहादुर भण्डारी,तिनपा–१४ मा तुलसी पाण्डे,तिनपा–१५ मा डोलराज बश्याल,तिनपा–१६मा भीमलाल बश्याल,तिनपा–१७मा बिष्णु प्रसाद बश्याल चयन भएका छन्।
कार्तिक ६ गते तिलोत्तमाका १७ वटा वडामा नेकपा (एमाले) का प्रथम वडा अधिवेशन भब्य रुपमा सम्पन्न भएका छन् । अधिवेशनबाट अध्यक्ष लगायत पदाधिकारी र सदस्यमा निर्वाचितलाई हार्दिक बधाई सहित सफल र रचनात्मक कार्यकालको शुभकामना दिदै नगर अध्यक्ष मोहन चापागाईंले पार्टीमा बिशेष भुमिका निर्वाह गर्न आग्रह गर्दै सहयोगी सबैप्रति हार्दिक आभार ब्यक्त गर्नुभएको छ।वडा अधिवेशनपछि ९ गते नै पालिका स्तरिय अधिवेशन हुने र निर्धारित मितिमै केन्द्रिय महाधिवेशन पनि सम्पन्न गर्ने एमालेले जनाएको छ ।
कमेन्ट गर्नुहोस्