
तिलोत्तमा सिटी,३ कार्तिक २०७८। माओवादी केन्द्रले बाढी पहिरोमा परेकाहरुको उद्धार, राहतका लागि कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ।अध्यक्ष प्रचण्डले बुधबार विज्ञप्ति जारी गर्दै तीन दिनदेखि आएको वर्षाका कारण क्षति व्यहोरेका किसानका लागि राहत प्याकेज ल्याउन आग्रह गरेका हुन्।विचल्लीमा परेका नागरिकहरुको खानपानको व्यवस्था मिलाउनसमेत माओवादी केन्द्रले सरकारलाई सुझाव दिएको छ।
अध्यक्ष दाहालले भनेका छन्, ‘बाढी पहिरोमा फसेकाहरुको उद्दार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, विचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन म सरकारसँग विशेष अनुरोध गर्दछु। बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिलाउन पनि म सरकारसँग जोडदार माग गर्दछु।’
तीन दिनदेखि परेको पानीका कारण अहिलेसम्म ६८ जनाको मृत्यु भएको छ भने ३१ सम्पर्कविहीन छन्। २३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। सयौँ नागरिक घर छाडेर हिँडेका छन्।
कमेन्ट गर्नुहोस्