लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप निःशुल्क सिम

IMG

तिलोत्तमा सिटी,१४ असोज २०७८।  नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको छ । संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर टेलिकमले निःशुल्क सिम दिन लागेको हो ।सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क रुपमा प्रदान गरिने टेलिकमले जनाएको छ ।


यस सिममा १० रुपैयाँ ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ। नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरुबाट ज्येष्ठ नागरिकहरुले यो सुविधाको उपयोग गर्न सक्ने पनि टेलिकमले जनाएको छ । यसका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र (जस्तै–नागरिकता प्रमाणपत्र, जेष्ठ नागरिकको परिचयपत्र)को प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।  

कमेन्ट गर्नुहोस्