लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा पर्यटक आकर्षित गर्न प्याकेज घोषणा

tillotmacitynews - 2021 Sep 27 10:05 AM
IMG

तिलोत्तमा सिटी,११ असोज २०७८।  कोरोना महामारीका कारण थला परेको पर्यटनलाई पुनरुत्थान गर्न लुम्बिनीका होटल व्यवसायीले साविकभन्दा आधा सस्तो शुल्कमा टूर प्याकेज घोषणा गरेका छन् । विश्व पर्यटन दिवसको अवसर पारेर लुम्बिनी होटेल संघले असोज १५ गतेदेखि कात्तिक मसान्तसम्म लागू हुने गरी दुई हजार रुपैयाँको दुई दिने प्याकेज घोषणा गरेको हो ।लुम्बिनी होटल संघका अध्यक्ष मिथुन श्रेष्ठका अनुसार यो प्याकेज अन्तर्गत पर्यटकले लुम्बिनीमा दुई दिन घुम्न, खान र एक रात बास बस्न पाउने छन् । प्याकेजको पहिलो दिन बसपार्कबाट होटलसम्म ल्याउने, लुम्बिनीबारे जानकारी दिने, विश्राम गर्ने र साँझ लुम्बिनी तथा बुद्वग्राम रोबोटिक थिएटर भ्रमण र खाना हुनेछ ।

कमेन्ट गर्नुहोस्