लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकीकृत समाजवादीको पार्टी कार्यालय बानेश्वर आलोकनगरमा, शुक्रबार उद्घाटन

IMG

तिलोत्तमा सिटी, ३१ भदौ २०७८।  नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन हुँदैछ । कामपा–३१, आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्ने भएका हुन् । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान १० बजे पार्टी कार्यालय उद्घाटन गर्ने जानकारी दिएका छन् । अध्यक्ष नेपालले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् ।पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले यहाँ प्रस्तावित समाजवादी प्रेस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको भेटघाटमा जानकारी दिए ।


सो अवसरमा पार्टी नेता तथा सांसद जीवनराम श्रेष्ठले सङ्घीय संसद् अवरोध हुँदा नेपाली नागरिकता, प्रहरी, तेजाबविरुद्ध, यौन हिंसाविरुद्ध, कोभिड सङ्कट, फौजदारी कसुर, औषधि, स्वास्थ्यकर्मीसँग सम्बन्धित अध्यादेश अलपत्र परेको जनाए । उनले विधिको शासन कायम गर भन्ने नेकपा (एमाले) ले नै संसदीय नियमावलीविरुद्ध संसद् अवरोध गरेको भनी आपत्ति पनि जनाए ।यसैबीच वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा २०५ संस्थापक सदस्यीय समाजवादी प्रेस तदर्थ समिति अर्को हप्ता दर्ता गरिने तयारी भएको पत्रकार विश्वमणि सुवेदीले बताए ।

कमेन्ट गर्नुहोस्