लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अख्तियारको आँखा डीडीसी र खाद्य प्रविधि विभागमाथि

IMG

तिलोत्तमा सिटी,१० भाद्र २०७८, बिहिबार। गुणस्तर खस्किएको बटरबाट बनेको घिउ बिक्री प्रकरणमा दूग्ध विकास संस्थान (डीडीसी) र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अखाद्य प्रमाणित नौनी घिउ पूर्ण सरकारी स्वामित्वको संस्था डीडीसीले जनतालाई बेचेको खुलासा अनलाइनखबरले गरेको थियो ।उपभोग्य मिति सकिएको बटर बिक्रीबारे डीडीसी र नियमकारी भूमिका रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कमजोरीमाथि अनुसन्धान थालिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।


सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको एक लाख ९४ हजार ९७५ किलो बटर उपभोग्य मिति सकिएको अवस्थामा गत असोजमा फेला परेको थियो । संस्थानको बालाजु प्लान्टको भण्डारणमा रहेको उक्त बटर डीडीसीले खाद्यको अस्वीकृतिका बाबजुत घिउ बनाएर उपभोक्तालाई बिक्री गरेको थियो ।करिब १६ करोड रुपैयाँ बराबरको उक्त बटर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिकाको अनुगमनमा म्याद गुज्रिएका अवस्थामा फेला परेको थियो । तर, खाद्य प्रविधि तथा गुण निणन्त्रण विभागले ९४ हजार किलो बटर मात्रै अखाद्य भन्दै गत असारमा डीडीसी विरुद्ध काठमाडौं जिल्ला प्रशासनमा मुद्धा दायर गरेको थियो ।

कमेन्ट गर्नुहोस्