लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मनकामना भदौ दोस्रो सातादेखि केबलकार सञ्चालन

tillotmacitynews - 2021 Aug 25 03:57 PM
IMG

तिलोत्तमा सिटी,०९ भाद्र २०७८, बुधबार। कोरोना महामारीका कारण बन्द रहेको मनकामना केबलकार भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी भइरहेको मनकामना दर्शन प्रालिले जनाएको छ ।आगामी भदौ १५ गतेदेखि केबलकार सञ्चालनका लागि सरोकारवालासँग आवश्यक छलफल समेत भइसकेको प्रालिका नायव प्रबन्धक उज्वल सेरचनले बताए । 


वैशाख १६ गतेदेखि बन्द भएको केबलकार सरकारले लकडाउन नगरेमा भदौ १५ बाट केबलकार सेवा सञ्चालन गर्ने गरी तयारी भइरहेको उनले बताए । तीन महिनाको अवधिमा करिब दश करोड रुपैयाँ घाटा भएको प्रालिले जनाएको छ ।‘केही नभएपनि दैनिक एक हजार यात्रु केवलकार चढ्थे, तर कोरोनाले गर्दा तीन महिनाभन्दा बढी समयदेखि केबलकार बन्द छ,’ उनले भने । कोरोनाको पहिलो लहरमा पनि करिब ९ महिना केबलकार बन्द रहेको थियो ।

कमेन्ट गर्नुहोस्