लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गाईसंगै रमाउदै तिलोत्तमाका गोपी शशि पौडेल

IMG

तिलोत्तमा सिटी,२८ साउन २०७८,बिहिबार। अमेरिकाको भिसा त्यागेर देशमै केहि गर्ने युवा शक्तिको कथामा बनेको फिल्म गोपी अहिले देशभर प्रदर्शनमा छ ।  फिल्म को चर्चा जति छ त्यो भन्दा कैयौ गुणा दरिलो र उत्कर्षमा छ तिलोत्तमा नगरका गोपी शशि पौडेलको ।  बिहानै उठेर नित्यकर्म सकेर ५ नबज्दै गोठ पुग्छन , गाइको सेवा गर्न गाइपालक शशि पौडेल । ११ बर्ष अघिदेखि पशुपालन क्षेत्रमा क्रियाशील रहेर व्यवसायिक रुपमा पशुपालन व्यवसायलाई स्थापित गराउन र यस क्षेत्रका किसानहरुमा प्रेरणा दिने किसान हुन् शशी पौडेल । रुपन्देहीको तिलोत्तमा १३ टिकुलिगढमा नेपालको सवैभन्दा ठूलो गाई फार्म लुम्विनी एग्रो एण्ड रिर्सर्च मार्फत गाईपालन गर्दै आएका उनि यस वर्षमात्र जनसेवा श्री पुरस्कारबाट विभुषित भए । 


मेहनत र इमान्दारिताले नै सबै ब्यबासय अनि पेशामा अघि बढ्न सकिने तर्क छ शशिको  । पछिल्लो समयमा नेता हरुको आशाबादी भाषण र पशुपालकको मेहनतको फलको आशा एउटै भएका कारण यो पेशा संकटमा आएको र भएका गाई फारम हरु पनि बन्द हुने अवस्थामा रहेको उनको ठम्म्याइ छ । पछिल्ला केही दुइ चार वर्षमा गाईपालन व्यवसायतिर जसरी आकर्षण बढिरहेको थियो त्यो आकर्षण अहिले आएर विस्तारै घट्दै गइरहेको र धमाधम गाई विक्री गर्दै फार्म वन्द भईरहेको गोपी शशि पौडेलको भनाइ छ  ।अन्य  ब्यबसाय जस्तो गाई पालन व्यवसाय आजको भोली नै फाइदा दिने व्यवसाय नभएको र यो धेरै जटिल कार्य भएको पौडेलको भनाइ छ। उनि भन्छन अहिले किसानहरुलाई गाईवस्तुपाल्नु यसलाई जोगाउनु दुध दुनु र बेच्नु त्यसको बजारीकरण गर्नु भनेको एकदमै जटिल काम भैरहेको छ । विहान उठेदेखि बेलुका नसुतेसम्म गोठमै समय विताउदा पनि उत्पादन भएका दूधले बजार नपाएको उनको गुनासो छ ।राज्यले युवा स्वरोजगार कोष र युवा लक्षित कार्यक्रम सञ्चालन भन्दै युवाहरुलाई बिगार्नको लागि यस्ता कार्यक्रम सञ्चालन गरिरहेको र आजसम्म युवा स्वरोजगारबाट कति युवाहरुले रोजगार पाए र कतिले रोजगारी सृजना गरे भन्ने अनुगमन नभएको र यसले झन् युवा हरुमा बिदेशिन बाध्य बनाएको समेत उल्लेख गर्नुभयो  । 


देशको बिकाश कृषि पशुपालन बाहेक अन्य ब्यबसायबाट सम्भव नभएको भन्दै उनले जस्ता नेता हरु आएपनि कृषिको बारेमा किताब पढ्ने र भाषण गर्ने बाहेक निचोड काम केहि नभएको बताए  ।गोपी शशि भन्छन राज्यको आखामा कृषिलाई व्यवसायीकरण गर्नुपर्छ भन्ने र अर्का्तिर लगानीको कुरा राख्दा यो बिबादस्पाद देखिन्छ ।काम गर्ने किसानलाई आवश्यकता अनुसारको ऋण प्रवाह गर्नु र त्यसरी लिएको ऋणलाई दुरुपयोग गरेको छ कि भनि अनुगमन गर्दै पुरष्कार र कार्वाही गर्ने व्यवस्था राज्यले गर्नु पर्दछ त्यसैले राज्य अझै पनि कृषि मैत्री हुन सकेको छैन । त्यस्तै किसान हरुमा पनि ठुलो समस्या रहेको र गाई ल्याउनुमात्र ठूलो नभई त्यसलाई व्यवस्थापन गर्नु ठूलो कुरा भएको पौडेल को भनाइ छ ।


गाई पालनका लागि गाईभन्दा पनि उन्नत नश्ल ल्याउनु आवश्यक रहेको उनको ठम्म्याइ छ । लामो समय देखि देशको सरकारी जागिर संगै विदेशको अमेरिकन भिसा समेत त्यागेर पशुपालनमा लागेका उनि पशुपालन कार्यप्रति सन्तुष्ट नै छन् । असन्तोष भनेको संसारमा पैसा, पद र प्रेम मात्रै हो,यी ती चीजले कसैलाई पनि सन्तुष्ट तुल्याउने सक्ने विषय होइन भन्दै पौडेल आफ्नो व्यवसायमा सन्तुस्ट रहेको बताउछन  ।


कमेन्ट गर्नुहोस्