
तिलोत्तमा सिटी,१६ साउन २०७८,शनिबार। लियो क्लव अफ बुटवल खस्यौली युथले बुटवलमा ४ सय बिरुवा रोपेको छ । बुटवल १३ जितेश्वरी सामुदायिक बनक्षेत्रमा आज बिभिन्न प्रजातीका फलफूल तथा औषधिजन्य बिरुवाहरु रोपेको हो ।सामाजिक उत्तरदायित्व अन्तर्गत बार्षिक कार्यक्रम अन्तर्गत १७ प्रजातिका बिरुवाहरु रोपिएको हो । आँप ,अमला, गोल्डमोहर, बेल बर्रो, बाँस, कल्की ,रक्तचन्दन, सिसौ, तेजपत्ता बकाइनो लगायतका बिरूवा राेपिएको क्लवले जनाएको छ ।
अध्यक्ष दिपक खरेलको अध्यक्षता तथा सुदर्शन बस्यालको संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथि साे बनका अध्यक्ष जंग बहादुर श्रीसले राेपिएका बिरुवाको संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा बिशिष्ट अथिति पूर्व अध्यक्ष तथा डिस्ट्रिक ईस्टाटेजिक चीफ राजीव जंग कुंवर, निवर्तमान अध्यक्ष सुमित शर्मा ,सह कोषाध्यक्ष दीपेन्द्र भट्टराइ लगायतले बोलेका थिए ।कार्यक्रममा क्लवका सम्पूर्ण सदस्य, स्थानिय टोल बिकास संस्था , वन विकास समितिका सहभागि रहेको कार्यक्रम संयोजक संजय गैरेले जानकारी दिए।
कमेन्ट गर्नुहोस्