
तिलोत्तमा सिटी,८ साउन २०७८,शुक्रवार। रुपन्देही जिल्लाको तथ्यांक हेर्ने हो भने, ३५ प्रतिशत दुर्घटना छाडा चौपायाको कारण हुने गर्दछ। यहि डरलाग्दो तथ्यांकलाइ मध्येनजर गरेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बन जंगल क्षेत्रको तिलोत्तमा वडा नम्बर १ र ८ को सिमाना पर्ने बन भित्र गौशाला निर्माण गरेको छ। सडक दुर्घटना न्युनीकरण, शहरको सुन्दरता कायम तथा वालीनालीको रक्षाका लागि भन्दै तिलोत्तमामा गौशाला बनाइएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले बताए । हाल नगरपालिकाको समन्वयमा नगरप्रहरी र स्थानीयको सहभागितामा दण्ड र पुरष्कार सहितको योजना बनाएपछि छाडा पशु चौपाया कम हुदै गएको छ भने यसको ब्यबस्थापन गौशालामा निकै राम्रो रहेको नगरप्रमुख घिमिरेले बताए।
कमेन्ट गर्नुहोस्