लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गृहमन्त्रीमा खाँड, चारैजना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

IMG

तिलोत्तमा सिटी २९ असार २०७८, मंगलवार।  नेपाली कांग्रेसले गृहमन्त्रीमा बालकृष्ण खाँडलाई पठाएको छ ।कांग्रेस संसदीय दलका मुख्य सचेतक एवं प्रधानमन्त्री शेरबहादुर देउवाका निकट खाँडलाई गृहमन्त्री बनाएको हो। कांग्रेसबाट ज्ञानेन्द्र कार्की पनि पहिलो चरणमै मन्त्री बन्ने चर्चा रहेको थियो । प्रधानमन्त्री सहित केही मन्त्रीहरुको सपथ ग्रहण आजै साँझ ६ बजे रहेको थियो ।



देउवा सरकारका चार मन्त्रीले लिए शपथ

२९ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् ।संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २-२ जना मन्त्री नियुक्त गरेका हुन् ।कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् ।नवनियुक्त चारैजना मन्त्रीले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई सकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ ।नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलको पहिलो बैठकले मन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो ।



कमेन्ट गर्नुहोस्