लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोटरीले हिलपार्कमा सेड निर्माण गर्ने

tillotmacitynews - 2021 Jul 13 04:19 PM
IMG

तिलोत्तमा सिटी २९ असार २०७८, मंगलवार।  रोटरी क्लव अफ बुटवलले बुटवलले बुटवलको हिलपार्कमा सेड निर्माण गर्ने भएको छ ।क्लवका वर्ष २०२०/२१ का अध्यक्ष सुनिल श्रेष्ठको अगुवाईमा हिलपार्कमा सेड निर्माण हुने भएको हो । सेड निर्माणका लागि सोमबार एक कार्यक्रमका बीच शिलान्यास रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वर्ष २०२०/२१ का गभर्नर राजीव पोखरेलल शिलान्यस गरे ।


सेडको शिलान्यास गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वर्ष २०२०/२१ का गभर्नर पोखरेलले पूर्वाधारको क्षेत्रमा पनि रोटरीले काम गरिरहेको बताए ।हिलपार्क क्षेत्र पर्यटकीय दृष्टिले उपयुक्त रहेको र यहाँ वनभोज लगायत विभिन्न कार्यक्रम गर्नका लागि सेड आवश्यक पर्ने भएकाले रोटरीले यस्ता काममा अग्रसरता लिनु सह्रानीय रहेको उनको भनाइ छ ।रोटरी क्लव अफ बुटवलका वर्ष २०२०/२१ का अध्यक्ष सुनिल श्रेष्ठले शिलान्यास गरिएको सेडको निर्माण छिटै नै सम्पन्न गरिने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्