लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले कार्यदलमा सहमतिको मस्यौदामाथि छलफल जारी

tillotmacitynews - 2021 Jul 09 04:41 PM
IMG

असार २५ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी। नेकपा एमालेको कार्यदलमा सहमतिको मस्यौदामा छलफल भइरहेको नेताहरुले बताएका छन् ।कार्यदलका सदस्यहरु शुक्रबार मध्यान्हदेखि अर्थ मन्त्रालयमा छलफलमा जुटेका छन् । बैठकबाट बाहिरिएका कार्यदलका सदस्य रघुजी पन्त भन्छन्, ‘मस्यौदामा हामीले छलफल गर्‍यौं, हामीले लागेका सुझावहरु दियौं ।


’छलफलमा आएका रायहरुलाई समेटेर सम्भव भएसम्म आजै अन्तिम रुप दिने प्रयास हुने उनले बताए । पन्त भन्छन्, ‘हामीले पार्टी एकतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर केही बुँदाहरु सहमतिका साथ बनाउने कोसिस गरिरहेका छौं ।’उनले अघि भने, ‘उठेका मतहरुलाई समेटेर पूर्ण बनाउने प्रयत्न भइरहेको छ । सम्भव भएसम्म आजै सकौं भन्ने प्रयत्नमा छौं ।’ उनका अनुसार छलफल जारी नै छ ।


कमेन्ट गर्नुहोस्