लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाँच बिद्यार्थी संगठनद्वारा बुटवलमा सरकारबिरुद्ध मसाल जुलुस

IMG

असार २० गते आइतबार २०७८ तिलोत्तमा सिटी। विपक्षी गठबन्धनका पाँच बिद्यार्थी संगठनले बुटवलमा मसाल जुलुस निकालेका छन् । सरकारको अधिनायकवादी र स्वच्छाचारी शासन बिरुद्ध नेपाल बिद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी बिद्यार्थी युनियन र अखिल छैठौंले संयुक्त रुपमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।


बुटवलको अस्पताललाईनबाट सुरु गरिएको मसाल जुलुस प्रदर्शन ट्राफिकचोक पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै बिद्यार्थी नेताहरुले मुलुकमा जव संकट पर्छ त्यसबेला बिद्यार्थीले आन्दोलनको नेतृत्व गर्दै आएको र बिद्यार्थीले गरेको आन्दोलनले मूर्त रुप लिएको बताएका थिए ।कोण सभालाई सम्बोधन गर्दै नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलले नेपालको राष्ट्रियता र स्वाधिनता रक्षाका लागि नेपाली बिद्यार्थी अहिले सडकमा ओर्लिन बाध्य भएको बताए ।बिद्यार्थीले निकालेको मसाल जुलुसलाई प्रहरीले हस्तक्षेप गरेपनि बिद्यार्थीको प्रदर्शन राेकिएन ।

कमेन्ट गर्नुहोस्