लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशमा मल अभाव हुन दिँदैनौ : मन्त्री यादव

IMG

असार १५ गते मंगलबार २०७८ तिलोत्तमा सिटी।लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादवले कुनैपनि कृषकलाई मल अभाव हुन नदिने बताएका छन । असार १५ का दिनमा आफ्नो निर्वाचन क्षेत्र बाँके खजुरा पुगेका मन्त्री यादवले आउँदा दिनमा मल अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।किसानहरूको मुख्य खाद्यान्न धान रोपाइ गर्दैगर्दा मन्त्री यादवले यस्तो प्रतिबद्धता व्यक्त गरे ।


प्रदेशभरि धान खेती हुने कुल ३ लाख ३४ हजार ६७५ हेक्टर क्षेत्रफलमा सकेसम्म सबैमा रोपाइ गर्ने वातावरण मिलाएको बताउँदै लुम्बिनी प्रदेशलाई कृषिमा अगाडि बढाउनको लागि वडा स्तरसम्म पनि कार्यक्रमहरू चलिरहेको बताए ।मल वितरणमा केही अनियमितता रहेको भन्ने खबर आएको बताउँदै यसलाई अनुगमन गरेर व्यवस्थापन गर्ने बताए । उनले अहिलेको नीति कार्यक्रममा पनि कृषिलाई प्राथमिकतामा राखेको बताउँदै कृषि क्षेत्रमा अझै लाग्नको लागि प्रदेशवासीलाई आग्रह समेत गरेका छन् । 

कमेन्ट गर्नुहोस्