लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा सामूहिक रोपाई, १ घण्टामै बिगाहा रोप्ने सेमरीका महिला

IMG

असार १२ गते शनिबार २०७८ तिलोत्तमा सिटी। यस बर्ष समयमै मनसुन भित्रिएको छ । झरिसंगै तराईका खेतहरु मलिला भएका छन् । समयमै मल र बिउ विजन पाएका किसान पनि यस पटक समयमै रोपाई गर्न पाईनेमा हर्षित छन् । तराईमा बिकासे काममा असारे चटारो भैराख्दा अहिले किसानलाई खेतीकै चटारो लागेको छ । पौरखी हातहरू ब्याडमा रहेका धानका बिउँ छिमल्न व्यस्त छन् । यही त हो समय जहाँ माना रोपेर मुरी फलाउनु पर्छ । माना रोपेर मुरी फलाउन पौरखी हातहरू अहिले सक्रिय भएका छन् ।यिनै मध्येका हुन तिलोत्तमा नगरपालिका वडा नम्बर १३ सेमरीका किसानहरु । केही समय पहिला रकम दिएर पनि खेतमा काम गर्नेहरु पाउन धौ धौ हुने गरेको थियो । गाउँका काम गर्ने युवायुवती अधिकांश बैदेशिक रोजगार गएको कारण जसोतसो खेतहरु रोपाइ हुने गरेको थियो । तर अहिले सेमरी गाउँको अवश्था फेरिएको छ ।


कमेन्ट गर्नुहोस्