लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अवस्था सहज हुनासाथ रेल चलाउने मन्त्रीको निर्देशन

tillotmacitynews - 2021 Jun 15 05:57 AM
IMG

असार १ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले अवस्था सहज हुनेबित्तिकै रेल सञ्चालन गर्न निर्देशन दिएका छन् । भर्चुअल माध्यममार्फत भएको मन्त्रालयको नियमित प्रगति समीक्षा गोष्ठीमा उनले नेपाल रेलवे कम्पनीलाई निषेधाज्ञा खुल्नसाथ रेल चलाउन भने । ‘नीतिगत, व्यावहारिक र प्राविधिक सबै कुराको व्यवस्थापन भइसकेको छ,’ मन्त्री नेम्वाङको भनाइ उद्धृृत गर्दै उनका प्रेस संयोजक सन्दीप राईले भने, ‘रेल सञ्चालन गरेर जनतालाई सेवा दिनुपर्छ ।’ सम्बन्धित अधिकारीसहित आफैंले स्थलगत अनुगमन गरेर रेल सञ्चालन गर्ने अवस्थामा पुगेको देखेको मन्त्री नेम्वाङको भनाइ छ ।


जयनगर–जनकपुर खण्डमा रेल चलाउने तयारी गरिएको यो पहिलो घटना भने होइन । गत असोज २ मा ल्याइएका दुई रेल सेट चलाउन कैयौं मिति तय गरिए । तर ९ महिनादेखि रेलको पालसमेत निकालिएको छैन । गत वर्ष पनि सञ्चालनमा कोभिडको प्रभाव पारेको र यो वर्ष पनि त्यही समस्या दोहोरिएको मन्त्रालयको भनाइ छ । तर नेपाल रेलवे कम्पनीमा काम गर्ने कर्मचारीको तालिम पूरा नभएकाले तत्कालै रेल चलाउन नसकिने बताउछन । एक महिने तालिम मा सहभागी हुदा हुदै लकडाउन भएपछी तालिम बाकी रहेको र नाका खुले मात्र तालिम लिन मिल्ने र अवस्था सहज भएर कर्मचारीलाई तालिम दिनासाथ रेल सञ्चालनमा कुनै समस्या नभएको उल्लेख गरेका छन्।


अहिले अध्यादेशमार्फत रेल सञ्चालनसम्बधी कानुन ल्याइएको छ ।निषेधाज्ञाअघि सुरु गरिएको तालिमलाई नियमित गर्ने तयारी भइरहेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । ‘तालिमका लागि भारतीय प्राविधिक टोलीलाई आउन भनिसकेका छौं,’ उनले भने, ‘आवश्यक स्वास्थ्य सावधानी अपनाएर तालिम दिन्छौं ।’ तालिम सक्नेबित्तिकै रेल सञ्चालनमा ल्याइने उनको दाबी छ । रेल विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकारले पनि निषेधाज्ञा खुलेर अवस्था सहज हुनसाथ रेल सञ्चालनमा आउने बताए ।

कमेन्ट गर्नुहोस्