लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंककाे पूर्व स्वीकृति लिनु नपर्ने

IMG
जेष्ठ २५ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। वैदेशिक लगानी भित्र्यानउ पूर्व स्वीकृति लिनु नपर्ने गरी नेपाल राष्ट्र बैंकले विनियमाली बनाएको छ । राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण निनियमावली २०७८’ जारी गर्दै नेपालमा लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको हो ।राष्ट्र बैंकले गत माघमा नै यो प्रस्ताव गरेको थियो । माघमा विनियमावली तयार पारे पनि स्वीकृत भने गरिएको थिएन । माघमा तयार पारेको विनियमावलीलाई राष्ट्र बैंकले मंगलबार स्वीकृत गरेको हो ।

राष्ट्र बैंकको प्रस्ताव : विदेशी लगानी भित्र्याउन पूर्वस्वीकृति लिनु नपर्ने
योसँगै अब विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुनेछैन ।तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व लिखित जानकारी भने दिनु पर्नेछ । निनियमावलीमा उल्लेख भए अनुसार नेपाल भित्रिएकोविदेशी लगानी बापतकोरकम बैंक तथा वित्तीय संस्थाले अनुसूची–३ बमोजिमका कागजातहरूको यकिन गरी सम्बन्धित कम्पनी वा उद्योगको खातामा जम्मा गर्नेछ ।उता शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्ने राष्ट्र बैंकले बताएको छ । सोका लागि विदेशी लगानी हुने उद्योग÷कम्पनी वा विदेशी लगानीकर्ताले अनुसूची–४ मा उल्लिखित कागजातसाथ एकाईमा निवदेन पेश गर्नुपर्नेछ ।यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानी बापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योग/कम्पनीको खातामा जम्मा गर्नु पर्ने विनियमावलीमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्