
जेष्ठ २३ गते आइतबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा कृषिमा आत्मनिर्भर हुने क्रममै छ। यहाको कृषि परम्परागत देखि ब्यबसायिक रुपमा अगाडी बढिरहेका छन्। मकै, तरकारी, गहु, आलु, दुध र माछामा आत्मनिर्भर बनिसकेको यस नगरपालिका कृषिका सबै खाले उत्पादनमा आत्मनिर्भर हुने तरखरमा छ। यहि क्रम मा तिलोत्तमाको वडा नम्बर-९ को कार्यालय आगाडी यसक्षेत्रकै ठुलो तथा बहुयोजना सहितको कृषि फार्म तिलोत्तमा एग्रो फार्मको विधिवत रुपमा उद्घाटन गरिएको छ। कोभिड महामारीको बेला भएर सामाजिक दुरी र केहि संख्यामा मात्रै उपस्थित रही मौसम अनुकुलका कारण अहिले उद्घाटन गरिएको एग्रो फार्मका संचालक बिष्णु प्रसाद श्रेष्ठले बताए। तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले केराको फल रोपेर उद्घाटन गर्नुभएको सो कार्यक्रममा तिलोत्तमा वडा नम्बर-९ का अध्यक्ष नारायण न्यौपानेले सो उद्घाटन गरेको बिरुवालाई पानी हालेर सहजीकरण गर्नुभएको थियो।
सो कृषि फार्मको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले यस क्षेत्रको बिकाश समृद्धि र कृषि उपजको उत्पादन भण्डार र ब्यबसायिकता एबम आधुनिकीकरणका लागि अनुकरणिय योगदान दिने बताए। नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरपालिका कृषि उत्पादन र यसको बजारीकरणका लागि निरन्तर लागि परेकोले आगामी दिनमा पनि कृषकका समस्यालाई नजिकबाट सम्बोधन गर्ने बताए। यो क्षेत्रमा रहेका कृषिसंग सम्बन्धित सबै किसिमका खेतिपातिलाई आधुनिकीकरण तर्फ उन्मुख गराउनु सबै नागरिकको कर्तब्य रहेकोले त्यसमा नगरपालिका हातेमालो गर्दै अघि बढ्नेकुरामा ढुक्क हुन कृषकलाई नगरप्रमुख घिमिरेले आग्रह गर्नुभयो।
सोहि क्रममा बोल्दै वडा नम्बर-९ का अध्यक्ष नारायण न्यौपानेले कृषकका लागि चाहिने प्रबिधि, बिउ बिजन, सिचाई, बिजुली, मलखाद लगायतका सामग्रीको ब्यबस्थापन गर्न आफु सधै तत्पर रहेकोले कृषकलाई ढुक्क भएर लगानी गरि यसक्षेत्रको गरिमा बढाउन आग्रह गरे। वडा अध्यक्ष न्यौपानेले कृषिमा उत्पादन बढाई बजारीकरण गर्दासम्म नगरपालिका र वडाले कृषकको साथ् दिने प्रतिबद्धता समेत ब्यक्त गरे।सो कार्यक्रमामा नगरपालिकाका कृषि शाखा प्रमुख अधिकृत दोमलाल भुसालले कृषि सामाग्री , बिउबिजन तथा मलखाद र अनुदानका बिषयमा समेत प्रस्ट पार्नुभएको थियो।
जम्मा १४ बिगाहा खेतमा शुरु गर्ने भनिएको सो एग्रो फार्ममा हाल ७ बिगाहामा केरा खेती गरिने भएको संचालक मध्यका अर्का संचालक तारा जिसीले बताए।अहिले ७ बिगाहामा केरा खेतीसंगै , २ हजार मेवाका बिरुवा, १ हजार शितल चिनी (मुरुन्गा) लगाइने उनको भनाइ छ। हाल प्रारम्भिक ५० लाख लगानीबाट सो खेति शुरु गरिएको भएपनि बार्षिक लगानी १ करोड ५० लाख पुग्ने उनको भनाइ छ। मौसमानुसारका खेति र माटो परिक्षण सहित प्राबिधिक औजार, ज्ञान तथा सिपले सो कार्य अघि बढेको संचालक बिष्णु कुमार श्रेष्ठले बताए। अहिले केरा खेतिबाट शुरु गरिएपनि निकट भविष्यमै विभिन्न खालका फलफुल तरकारी खेति संगै माछा पोखरी, अर्गानिक खाना खाजा सहितको कटेज, सिप अनुसारका खेतीका अनुसन्धान केन्द्र, कृषि योजना सहितको हब, कुखुरा फार्म लगायतका अर्गानिक फार्मको बहुयोजना रहेको श्रेष्ठको भनाइ छ।
अहिले केरा खेतीबाट शुरु गरिएको सो फार्ममा क्रमैसंग अरु खेती गरिने ७ बिगाहामा केरा लगाइने छ। १० महिनामा तयार हुने हाइब्रिड जी नाइन केरा तिपेपछी समेत पुन: त्यहि टुसाबाट अर्को बिरुवा रही फल्ने छ। उचाइ कम हुने र विश्वमा चलेको यो केराको प्रजातिमा फल समेत धेरै लाग्ने प्राबिधिक हरु बताउछन।
तस्बीर तथा भिडियो : रोनिश श्रेष्ठ
कमेन्ट गर्नुहोस्