लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कृषि उपज केन्द्रका सबैको कोरोना परिक्षण,नतिजा नेगेटीभ

IMG

जेष्ठ २२ गते शनिबार २०७८ तिलोत्तमा सिटी। बुटवल कृषि उपज थोक बजार केन्द्रमा व्यवसाय गर्दै आएका सबै व्यवसायीहरु, कामदार, सञ्चालक समिति सदस्य लगायत सबैको कोरोना परिक्षण गरिएको छ । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समिति, बुटवल कृषि उपज थोक बजार  सञ्चालक समिति र बुटवल उपमहानगरपालिका वडा नम्बर ६ को संयुक्त पहलमा कोरोना परिक्षण गरिएको छ ।


 एन्टीजीन विधिबाट गरिएको कोरोना परिक्षण २ सय ६ जना  सबैको नतिजा नेगेटिभ आएको लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समितिका महासचिव मेघनाथ पौडेलले जानकारी दिए । लुम्बिनी फलफुल तरकारी  थोक व्यवसायी  समितिका अध्यक्ष बाबुराम भुषाल, संस्थापक अध्यक्ष तथा बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष गोपाल भुषाल,  बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का  अध्यक्ष जगदिश चन्द्र आचार्यको विशेष लगायतको विशेष सक्रियतामा कोरोना परिक्षण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्