लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोराना पीडित र परिवारजनलाई जनमुक्तिको जनसेवा आज सातौ दिन

IMG
रोशन अस्लामी मगर,जेष्ठ २० गते बिहिबार २०७८ तिलोत्तमा सिटी। राष्ट्रिय जनमुक्ति पार्टीले कोराना भाईरसबाट विरामी भई अस्पताल भर्ना हुनु भएका र उहाँका परिवारजन (कुरुवा) का लागि निःशुल्क खाना तथा फलफूल वितरण कार्यक्रम आरम्भ गरेको आज सातौ दिन पुगेको छ । कोरोना को यस्तो बिसम परिस्थितीमा मानिसहरु रोगले भन्दा पनि भोकले मरिने होकी भनी छटपटिन थालेको अवस्थामा राष्ट्रिय जनमुक्ति पार्टीले बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल कोरोना अस्पताल (धागो कारखाना क्षेत्र), तिलोत्तमा स्थित कोभिड आइसोलेसन सेन्टर र भैरहवा स्थित भीम अस्पतालमा राखिएको कोरोना संक्रमित बिरामी र कुरुवाहरुका लागि निःशुल्क खाना तथा फलफूल वितरण गरेको छ। यसका साथै डिउटीमा खटिएका सुरक्षाकर्मीहरु र बुटवल बसपार्क, हाटबजारमा रहेका मजदुरहरु, सडकमा भेटिएका पीडित बालबालिकाहरुलाई समेत खाना तथा फलफूल वितरण गर्नु अत्यन्तै मानबिय कार्य रहेको छ ।



यस कार्यक्रमलाई सम्पन्न गर्नका लागि रुपन्देहीमा कृयाशिल जनमुक्ति युवा महासंघ, राष्ट्रिय महिला मोर्चा, राष्ट्रिय पूर्वसैनिक संगठन, नगर समितिहरु क्रमशः बुटवल–तिलोत्तमा–सिद्धार्थनगर–देवदह–सैनामैना, गाउँ समितिहरु क्रमशः कञ्चन–शुद्धोधन–सियारी–ओमसतिया र सम्पर्क मञ्चहरु क्रमशः पाल्पा तराई–गुल्मी तराई–स्याङ्गजा तराईले हातेमालो गरेका छन् । त्यस्तैगरी कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि केन्द्रका तर्फबाट केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समिति सचिव अशोक पुन, संघीय परिषद सदस्य छत्र दर्लामी र प्रदेश परिचालन समिति, (लुथम) को तर्फबाट अध्यक्ष झम बहादुर गुरुङ्गले प्रत्येक्ष निगरानी राख्ने जिम्मेवारी लिनु भएको छ भने स्वयम्सेवकहरुको व्यवस्थापन लगायत अन्य समन्वयकारी भूमिका निर्वाह गर्नका लागि जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहाले जिम्मेवारी लिनु भएको छ । 


यस्तै गरी फिल्डतर्फ भीम अस्पताल, भैरहवाका लागि जनमुक्ति युवामहासंघ लुम्बिनी प्रदेश संयोजक डिबी थापाको संयोजकत्वमा र सहयोगीहरु क्रमशः रेखा प्र।चौधरी र मोजीब अली, मोहम्मद अफरोज, शारदा कुमाल, पवन थापा लगायतका कार्यकर्ताहरु खटिनु भएको छ । लुम्बिनी प्रदेश अस्पताल तर्फ जनमुक्ति युवा महासंघ रुपन्देहीका सदस्यहरु डिबी थापा, नेत्र आले, तिलोत्तमा नगर अध्यक्ष बुद्धि थापा, नगर सदस्यहरु कमला ठेडी, गगन थापा, अरुण मश्राङ्गी लगायतका युवाहरुको संयोजन रहेको थियो भने पार्टी उपाध्यक्ष एवं प्रवास विभाग प्रमुख कमला थापाले मनीटरिङ्ग गर्नु भएको थियो ।त्यस्तै अभियानन अन्तर्गत भोली २१ गते रक्तदान कार्यक्रम पार्टी जिल्ला भवन मंगलापुर कविरारज पथमा राखिएको जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्