
जेष्ठ ४ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ का स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउनु भएको छ ।काँग्रेस नेता खाँणले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सुरक्षा सामाग्रि उपलब्ध गराउनु भएको हो । नेता खाँणले उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामाग्रि मंगलबार महासमिति सदस्य तथा वडा अध्यक्ष विष्णु बस्याल, जिल्ला सदस्य शिव न्यौपाने लगायतले स्वास्थ्य संस्थामा पुगेर हस्तान्तरण गर्नुभएको थियो ।
नेता खाँणले उपलब्ध गराउनु भएको पिपिई सेट, मास्क, सेनिटाईजर, ग्लब्स, भिटामिन सि लगायतका स्वास्थ्य सुरक्षा सामाग्रि रुपन्देही प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. ३ का बिभिन्न ८ वटा स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्य कर्मीलाई प्रदान गरिएको हो ।यस अघि नेता खाणले अक्सिजन अभावमा विरामीको मृत्यु बढ्न थालेपछि जिल्लाका सरोकारवाला पक्षसँग छलफल गर्नुभएको थियो ।उहाँले प्रमुख जिल्ला अधिकारी र जिल्लामा रहेका अक्सिजन उद्योगीसंग टेलीफोनमार्फत अक्सिजनको सहज व्यवस्थापनबारे जानकारी लिनुभएको हो ।
कमेन्ट गर्नुहोस्