लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा थपिए २०४ संक्रमित,तिलोत्तमामा मात्रै ५० जना

IMG

तिलोत्तमा २०७८ बैशाख १२ गते आइतबार।  पछिल्लो २४ घण्टा भित्र रुपन्देहीमा २०४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमितहरु मध्ये ८२ जना महिला र १२२ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिकामा मात्रै ९६ जनामा संक्रमण पुष्टि भएको छ ।


यस्तै सिद्धार्थनगर नगरपालिकामा ३०, तिलोत्तमा नगरपालिकामा ५०, सियारी गाउँपालिका, रोहिणी गाउँपालिका लुम्बिनी सांस्कृतिक नगरपालिका र देवदह नगरपालिकामा १/१ जना, गैडहवा गाउँपालिकामा ४, मायादेवी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा २/२, सैनामैना नगरपालिकामा १०, ओमसतिया गाउँपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा हाल १ हजार २४६ जना संक्रिय संक्रमितहरु रहेका छन् ।

कमेन्ट गर्नुहोस्