लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फ्लोर क्रस गर्ने एमालेका चार सांसद निश्कासित

tillotmacitynews - 2021 Apr 23 07:47 PM
IMG

तिलोत्तमा २०७८ बैशाख १० गते शुक्रबार। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा ह्वीप उल्लंघन गर्ने चारजना प्रदेशसभा सदस्यलाई सांसद र पार्टी सदस्यताबाटै हटाएको हो ।शुक्रबार बालुवाटारमा बसेको बैठकले पार्टीको ह्वीप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापालाई पार्टी सदस्य र सांसद पदबाट निश्कासन गरेको हो ।

कमेन्ट गर्नुहोस्