
२०७७ चैत्र १४ तिलोत्तमा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुन:स्थापनापछि आफूहरू चुकेको प्रष्टिीकरण दिएका छन्। काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित नागरिक र नेताहरूबीचको प्रश्नोत्तर कार्यक्रम डबलीमा संसद् पुन: स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइहाल्नेमा आफूहरू विश्वस्त रहेको भन्दै दोस्रो योजनामा गम्भीर नरहेको बताए।
विभिन्न सेटिङलाई निस्तेज पार्दै संसद् पुन: स्थापना भए पनि त्यसपछिका सेटिङप्रति भने रोक्न नसकेको बताए। संसद् पुन:स्थापनापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युतिएपछि पनि पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिन आफूलाई दबाब रहेको भन्दै अब धेरै दिन नफर्कने पनि बताए। त्यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्चको निर्णयले पार्टी ब्युताइदिएर झनै अप्ठेरोमा पारेको बताएका थिए।
कमेन्ट गर्नुहोस्