लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देउखुरीको रोक्का जग्गा आंशिक फुकुवा, प्रदेशमा थपिए पर्व बिदा

IMG

तिलोत्तमा  चैत्र १३। लुम्बिनी प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने क्रममा रोक्का गरिएका दाङको देउखुरी क्षेत्रको जग्गा रोक्कालाई आंशिक रुपमा फुकुवा गरिएको छ ।लामो समयसम्म जग्गा रोक्का राख्दन पारिवारिक अंशबन्दा, अदालती फैसला कार्यान्वयन, कारोबारका लागि धितो बन्धक जस्ता कामहरु पनि रोकिन गई स्थानीयले समस्या परेको गुनासो आएपछि प्रदेश सरकारले आँसिक फुकुवा गर्ने निर्णय गरेको हो ।प्रदेश मन्त्रिपरिषदको आजको बैठकले प्रदेश राजधानी तोकीएको दाङको देउखुरी क्षेत्रमा बेचबिखन कार्यका लागि गरिने फुकुवालाई रोक्का कायम राख्दै पारिवारिक अंशबन्दा, बैंक कर्जा प्रयोजन र अदालती फैसला कायाँन्वयन प्रयोजनका लागि जग्गा रोक्का फुकुवा गरेको हो ।


बैठकपछि प्रदेश सरकारले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले बेचबिखनका लागि जग्गा फुकुवा नगरिएको बताए ।आजको मन्त्रिपरिषदे यस अघि सरकारले तयार गरेको बिदाको क्यालेण्डरलाई संशोधन गरि केहि सार्वजानिक बिदाहरु समेत थपेको छ । यस अघि बिदाको क्यालेण्डरमा समावेश नगरिएको प्रदेश स्थापना दिवस, माघे संक्रान्तीको अर्को दिन (माघ-२), मुस्लिम धर्मालम्बिहरुको बकरइद पर्वका दिन तथा कृष्ण जन्माष्टमी पनि प्रदेश भरी बिदा दिने निर्णय गरिएको छ।बैठकले स्थानीयस्तरमा महत्व राख्ने भुम्या पुजाका दिन रुकुम, रोल्पा, भगवती पुजाका दिन पाल्पा तथा अटवारी पर्वका दिन तराईका ६ जिल्लामा बिदादिने निर्णय गरेको छ । प्रदेश सरकारले मुस्लिम समूदायको रमजानका दिन समूदायस्तरमा बिदा दिने समेत निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्