लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा माओवादी केन्द्रको बोर्ड पेरिसडाँडामा राखियो

IMG

काठमाडौँ । पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को नयाँ बोर्ड राखिएको छ ।आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता पहिलेकै अवस्थामा ब्यूँताएदिएको थियो ।सर्वोच्चको फैसला कार्यान्वयन गर्न बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको बोर्ड राखिएको हो । यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाको बोर्ड राखिएको थियो ।धुम्बाराहीस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयको नाम र साइनबोर्ड भने मंगलबार नै फेरिएको थियो ।

कमेन्ट गर्नुहोस्