लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वाह !! यस्ता पो नगरबासी,कुञ्जलापुर बासीलाई तिलोत्तमाको सम्मान

IMG

तिलोत्तमा २०७७ फागुन २६। एक बस्ती जसको योगदान सायदै कम छ होला र ? निरन्तर बस्तीको जोगाउमा तिलोत्तामाकै सुन्दर भुमि जो रुपन्देहीकै मुटुमा पर्दछ। त्यो भूमिको निस्वार्थ जगेर्ना गरेर राख्ने ४ बर्ण ३६ जातका फुलबारी मिलेर बनेको कुञ्जलापुर बासीले दिएको उपहार हो यो भुमि।  विभिन्न सुकुम्बासी, गाउब्लक, भूमिहीन जस्ताको चपेटा बाट बचाएर जग्गा सं रक्षणमा कुञ्जलापुर बासीले देखाएको बिरता ऎतिहासिक छ र रहने छ। ३ बर्ष अघि सम्म खेतीयोग्य भनेर चिनिएको जमिन कसैको हैन भनेर थाहा पाउदा नगरबासीलाइ मात्र हैन सबैलाई खुसि लागेको थियो।  त्यही खुसि तिलोत्तमा नगरपालिकाले  २०७४ माघ ७ गते सो भूमिमा तिलोत्तमा नगरपालिकाको प्रसासनिक भवन बनाउने निर्णय गर्यो। तत्कालीन प्रतिनिधिसभा सदस्यको रुपमा हालका अर्थमन्त्री बिष्णु पौडेलले शिलन्यास गर्नुभएको भवनको अहिले सपना पुरा भै उद्घाटन समेत आफै गर्नुभएको छ। 


करिव ९ बिगाहा क्षेत्रफलमा फैलिएको भूमिमा अहिले प्रशासनिक भवन परिसर १९१२.६ वर्गमिटरमा फैलिएको चार तलाको भवन निर्माण भएको छ । ८ करोड ७९ लाख लागत अनुमान रहेको भवनको निर्माण सम्झौता ६ करोड ४२ लाखमा भएको थियो । नगरपालिका प्रवेश गर्ने ठाउमा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल –भैरहवा सडकखण्डबाट १२ सय मिटर पश्चिम रहेको नगरको प्रशासन भवनसम्म आवत–जावतका लागि ३४ फुटको सडक विस्तार तथा कलात्मक गेट निर्माण कार्य अन्तिम निर्माण अवस्थामा छ। सो प्रसासनिक भवन र बाटो बनेपछि कुञ्जलापुर क्षेत्रमा चहलपहल समेत बढेको छ। त्यसोत स्थानिय झरना स्पोर्ट्स क्लबले ब्यबस्थापन गरेको कुञ्जलापुर पार्क समेतलाई सो निर्माणले झनै पर्यटकिय क्षेत्रमा बिस्तार गर्न मद्धत गर्ने क्लबका कोशाध्यक्ष धनेन्द्र पौडेलले बताए। नगरपालिका भवन उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री बिष्णु पौडेल तथा नगरप्रमुख बासुदेव घिमिरेले भवन निर्माण स्थलको जग्गा संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने कुञ्जलापुरबासीहरुप्रति आभार व्यक्त गर्दै नगरपालिकाले प्रदान गरेको सम्मान–पत्र कुञ्ज टोल विकास संस्थाको तर्फ़बाट पदम बहादुर थापालाई प्रदान गर्नुभयो । 


भवनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले निकट भविष्यमा कार्यान्वयनमा आउने महानगरको आवश्यकतालाई पूरा गर्नेगरी तिलोत्तमा नगरपालिकाले ‘प्राइम लोकेशन’ मा भवन निर्माण गरेको र यसमा सहयोग गर्ने कुञ्जलापुरबासीले समजपयोगी योगदान गरेको उल्लेख गर्नुभयो । तिलोत्तमा रुपन्देहीकैं केन्द्र भागमा रहेकोले बुटवल, तिलोत्तमा, सिद्धार्थनगरलगायतका पालिका समेटी बन्ने महानगरको कार्यालय यहीँ ठाउँमा निर्माण गर्न अब अझै सहज भएको उहाले स्पष्ट पार्नुभयो । फागुन २० गते धुमधाम भब्य कार्यक्रमका बीच उद्घाटन भएको भवनमा करिव १२० जना क्षमताको सभाहलसहित ४० कोठा रहेका छन् भने अपाङ्तामैत्री ६ जना सवार गर्ने लिफ्ट, चिसो–तातो पानी, स्तनपान कक्ष, डिजिटल नागरिक बडापत्र, निशुल्क बिधुतिय कप्यूटर ल्याब,चमेना गृह, नगर प्रहरी आवास लगाएतका सेवाहरु रहेका छन् ।

कमेन्ट गर्नुहोस्