लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

tillotmacitynews - 2021 Mar 09 04:02 PM
IMG

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग सरकार, संसद सञ्चालनलगायतका विषयमा वार्ता गर्ने भएको छ ।मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकार, संसद सञ्चालन र संविधान कार्यान्वयनको समग्र प्रक्रियाबारे विपक्षमा भएका दुबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।‘नेकपा एमालेसँग आवश्यकताअनुसार वार्ता गर्छौं’ नेता नारायणकाजी श्रेष्ठले भने । उनका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे कुनै निर्णय भएको छैन ।


कार्यकर्ता भेला चैत १ गते

नेता श्रेष्ठका अनुसार संगठनात्मक काम र अहिलेको परिस्थितिबारे पार्टीलाई प्रशिक्षित गर्न २९ गते केन्द्रीय कमिटीको बैठक र १ गते कार्यकर्ता भेला गर्ने निर्णय भएको छ ।स्थायी कमिटीको बैठक जारी छ ।साबिकको नेकपा विभाजित हुँदा केपी ओली समूहतिर लागेका नेताहरुबारे कुनै निर्णय भएको छैन । ‘पछिल्लो परिस्थितिमा के गर्ने भन्ने उहाँहरुले आफ्नो धारणा सार्वजनिक गर्नु भएको छैन’ नेता श्रेष्ठले भने, ‘हाम्रो अपेक्षा छ, अदालतको फैसलाअनुसार नै उहाँहरुले आफूलाई प्रस्तुत गर्नुहुनेछ । उहाँहरुले आफ्नो स्थिति प्रष्ट पारेपछि हामीले जे गर्नुपर्ने हो, गर्छौं ।’

कमेन्ट गर्नुहोस्