
तिलोत्तमा, २०७७ फागुन २३।रुपन्देहीको तिलोत्तमा निवासी, पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल "हिराेज अफ पब्लिक अवार्ड २०७७" बाट सम्मानित भएका छन ।रुपन्देही युवा समाज सिद्धार्थ नगरले पश्चिम नेपाल बस व्यवसायी प्रालिले खरेलकाे अगुवाइमा समाजमा आईपरेका समस्याहरुमा राज्यको सहयोगी बनेर सेवा गरेको भन्दै "हिराेज अफ पब्लिक अवार्ड २०७७" बाट सम्मान गरेकाे हाे ।
भुकम्पको समयमा, बाढी पहिरोले जनजीवन कष्टकर भएको अवस्थामा तथा कोभिड महामारीको समयमा यात्रुहरुलाई पुर्याएको अतुलनीय सहयोगको सम्मान स्वरूप सम्मान गरेकाे आयाेजक रुपन्देही युवा समुहले जनाएको छ ।शनिवार भैरहवामा आयाेजित एक कार्यक्रममा खरेललाई नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य बालकृष्ण खांणले सम्मान गरेका थिए ।
कमेन्ट गर्नुहोस्