लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मंगलापुर–कान्छिबजार सडकको काम अघि बढ्ने पक्का

IMG

तिलोत्तमा २२ फागुन २०७७। लामो समयदेखि प्रतीक्षाको विषय बनेको मंगलापुर–कान्छिबजार सडक स्तरोन्नतीको काम अघि बढ्ने पक्का भएको छ। तिलोत्तमा नगरपालिकामा र संघीय सरकार अन्तर्गत् सहरी विकास तथा भवन विभाग बीच अनुदान सम्झौता पत्रमा हस्ताक्षर भै शहरी शासकीय तथा पूर्वाधार आयोजनाको प्रोजेक्ट लञ्च भएको छ । यो सम्झौतासँगै अब सडक स्तरोन्नतीको लागि ठेक्का प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।


नगरपालिकाको तर्फबाट नगर प्रमुख बासुदेव घिमिरेले सो सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । यो परियोजना सफलता पूर्वक समयमानै सम्पन्न भएमा अरु सडक निर्माणको लागि शहरी शासकीय तथा पूर्वाधार आयोजनामार्फत् थप बजेट समेत थपिने अनुमान गरिएको छ। लामो समय देखि धुलो धुवा मात्रै खेपिरहेका मंगलापुर–कान्छिबजार बासीहरुले सडकलाई नमूना सडकको रुपमा स्तरोन्नती गर्नेगरी काम हुन थालेकोमा खुसि ब्यक्त गरेका छन्। संघीय सरकार र विश्व बैंकबीच भएको सम्झौताअनुसार गत माघ १४ गते तिलोत्तमा सहित मुलुकका ३३ नगरपालिकामा यो प्रोजेक्ट लञ्च भएको थियो । 

कमेन्ट गर्नुहोस्