लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा खनाल

IMG

२०७७ फाल्गुन २२, बुटवल । मानव अधिकार तथा शान्ति समाज, नेपालको केन्द्रीय सभापतिमा रुपन्देहीका गोविन्द खनाल चयन भएका छन्। समाजको पोखरामा सम्पन्न २३औं राष्ट्रिय परिषद् बैठकले खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । फागुन २१ र २२ गते पोखरामा भएको राष्ट्रिय परिषद् बैठकले आगामी २ वर्षका लागि खनालको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।त्यसैगरी समितिको बरिष्ठ उपसभापति शुशील बस्नेत, उपसभापति कृष्ण बहादुर रावल, महिला उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल,कोषाध्यक्ष जगन्नाथ पुडाशैनी चयन भएका छन् ।


समाजको लुम्बिनी प्रदेश सचिवमा मिना ढकाल चएन भएकी छन् भने रुपन्देहीकै विष्णु भुसाल केन्द्रीय सदस्यमा चयन भएक छन् ।त्यस्तैगरी खुला सदस्यहरुमा लक्ष्मीनारायण मिश्र, चन्द्रमणी बन्जरा, बिष्णु भुसाल, माधब प्रसाद गौतम, सन्तोष रौनियार र दिलबहादुर कार्की चयन भएका छन् भने ४ महिला सदस्यमा निर्मला सुबेदी, सरस्वती कुमारी नेपाली, सुमित्रा बन्जरा र सरस्वती ढकाल चयन भएका छन् ।नव निर्वाचित सभापति गोबिन्द खनालले मुलुकमा लोकतन्त्र र मानव अधिकारको अवस्था कमजोर भएको अवस्थामा समाज थप क्रियाशील हुने बताउँदै सबैलाई समेटेर अघि बढ्ने बताए । खनाल अघिल्लो कार्यकालमा समाजको बरिष्ठ उपाध्यक्ष थिए ।

कमेन्ट गर्नुहोस्