लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जसपाद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

IMG

तिलोत्तमा २०७७ माघ २५। जनता समाजवादी पार्टीले रुपन्देहीका १६ वटै स्थानीय तहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।प्रतिनिधि सभा विघटन र संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिलाई असंवैधानिक र प्रतिगामी भन्दै आन्दोलनरत जसपाले तेस्रो चरणको आन्दोलन अन्तर्गत आइतबार प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।जसपा रुपन्देही इन्चार्ज देबेन्द्र पाण्डेका अनुसार पालिकास्तरीय कमिटीको आयोजनामा सांझ ५ बजेपछि १६ वटै स्थानीय तहमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ ।


पुत्ला दहन कार्यक्रममा पार्टीका नेतासंगै स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि समेतको उपस्थिति रहेको उनले बताए ।रोहिणी गाउँपालिकाको धकधईमा आयोजित पुत्ला दहन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य समेत रहेका पाण्डेले प्रतिनिधि सभा विघटनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको र मुलुक अस्थिरताको अंध्यारो सुरुङमा धकेलिएकाले संविधान बचाउन सबै विपक्षी दलहरु संयुक्त आन्दोलनमा जानुपर्ने बताए । प्रधानमन्त्रीको प्रतिगामी कदमविरुद्ध सडक संघर्ष नै उपर्युक्त विकल्प भएको भन्दै संयुक्त आन्दोलन शुरु भए एक हप्तामा संसद पुनःस्थापना हुने बताए ।

कमेन्ट गर्नुहोस्