
माघ ७ गते २०७७, तिलोत्तमा।अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा बुधबार ७८ वर्षीय जो बाइडनले शपथ ग्रहण गर्दै छन् ।नोभेम्बर तीनमा भएको निर्वाचनमा निर्वाचित बाइडनले पूर्व निर्धारित कार्यक्रम अनुसार आज बेलुका अमेरिकी संसद् भवनमा शपथ ग्रहण गर्न लागेका हुन् ।बाइडनले जम्मा ३५ शब्दको शपथ खाने अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना महामारीका कारण शपथ कार्यक्रम सामान्य बनाइएको छ । शपथ समारोहमा एक हजार दुई सय मानिस स्वास्थ्य सुरक्ष मापदण्ड अपनाएर सहभागि हुने बताइएको छ ।
बाइडनको जित प्रमाणित गर्न आयोजित संसद बैठकमा ट्रम्प समर्थकले आक्रमण गर्दा प्रहरी सहित पाँच जनाको मृत्यु भएकाले सपथ समारोहमा सुरक्षा सतकर्ता बढाइएको छ ।शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन् । हिंसात्मक प्रदर्शन हुनसक्ने अनुमानले पचासवटै राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कमेन्ट गर्नुहोस्