लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अवसरले लिगेशी बिर्सायो : ऊर्जा तथा जलस्रोतमन्त्री रायमाझी

IMG

माघ २, २०७७, तिलोत्तमा। ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले जनयुद्धको लिगेशी अवसरले गुमाएको बताएका छन्।  जनयुद्धसंगै लडेकाहरुसंग अवसर र एकता संगै मर्जिंगको भूतले जनयुद्धबाट प्राप्त गर्ने अवसरले लिगेशी बिर्सन बाध्य बनाएको उनको भनाइ छ।  तत्कालिन नेकपा माओबादिको अध्यक्ष हुदा देखि नेकपा एमालेसम्म आइपुग्दा पुष्पकमल दाहाल प्रचण्डले विभिन्न तारतम्यमा फसेर जनयुद्धको लिगेशीलाइ तुहाएको आरोप लगाउदै आफुसंगै तत्कालिन नेकपा माओबादिका नेताहरु समेत जनयुद्धको लिगेसी बिर्सेर अवसरको पछि लागेको स्वीकारे।  विभिन्न टुट-फुटसम्म आउदा आफु भने अवसरबाट बन्चित नभएको उनको दाबि छ।


बुटवलमा सम्पन्न रिपोर्टर्स नेपाल लुम्बिनी प्रदेशको ड्यासमा बसेर ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले सो कुरा बताएका हुन। उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन [एमसीसी]बारेको निर्णय गर्न एक सेकेन्ड पनि ढिला गर्न नहुने पनि बताएका छन् । ‘देशलाइ हितमा राखेर,केहि बुदा सच्चाउनुपर्ने भए सच्चाऔं,होइनभने फिर्ता गरौं ’उनले भने  ।लागु गर्ने की नगर्ने भन्ने बिषय लम्बाइराख्नु उचित नहुने भन्दै उनले तत्कालै टुंगाउनुपर्ने बताए । उनले भने —‘एमसीसी ११ बर्षअघिदेखिको योजना हो,बिचमा बनेका सबै सरकारले राइट लगाउदै आएका थिए,अहिले विवादित बनाइएको हो,मैले लिएर आएको त होइन ।’रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशद्वारा आज बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालमा अब करिब ५ सय मेघावाट विद्युत् उत्पादन बढ्दै गएको तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले एमसीसीबारेको निर्णय लिइहाल्नुपर्ने धारणा राखे ।‘विद्युत् बढी हुने भए पनि ट्रान्समिटर लाइन विस्तार नहुदा त्यसलाई बेच्न पाइदैन,दैनिक एक अर्ब बराबरको घाटा हुन्छ ।’ लोडसेडिङ अन्त गर्न आफु २०७२ सालमा उर्जा मन्त्री हुदाको ९९ बुदे अभियानले काम गरेको भन्दै उनले भने— ‘लोडसेडिङ अन्त्य हुनुको कारण मेरो योजना हो,तर प्रचार अर्कै भयो ।’रायमाझीले नेकपाको आपसी लडाइपछि प्रधानमन्त्रीले सिष्टम बचाउन संसद बिघटन गर्नुपरेको र यो बाध्यात्मक परिस्थितीको कारण भएको उनको तर्क छ ।उनी भन्छन्—‘यो संविधानसम्बत छ,संसद बिघटन अग्रगामी कदम हो,अब संसद पुर्नस्थापना हुन्न,देश चुनावमा गैसक्यो।’अहिलेसम्मका उपलब्धि संस्थागत गर्न आफु सरकारमा गएको भन्दै उनले अहिले सरकार,मन्त्रालय बचाउन आफुहरु लागिपरेको बताए  । पार्टीको द्वन्द्व समाधान गर्न नसकेर सडकमा ढुंगा हान्न जानु लोकतन्त्र र जनमतविपरीत रहेको उनले बताए ।नेकपा फेरि एक हुन्छ भन्ने पत्रकारको जिज्ञासामा उनले भने—‘अहिले नेताहरुले एकले अर्काेलाइ पांडे गाली गर्दे हिडेका छन्,त्यो आवश्यक छैन,भोली एकैठाउ हुनपनि सकिन्छ,यो राजनीति हो राजनीतिमा असंभव त केहि हुन्न नी ।’ राजधानीका केहि मिडियाले आफु बोलेको कुरा उल्टो बनाएर दिएको भन्दै उनले मिडियालाइ सत्य तथ्य सूचना समाचार दिन पनि आग्रह गरे ।साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा क्लवका सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो । 

 

कमेन्ट गर्नुहोस्