लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रधानमन्त्री र राष्ट्रपति मिलेर जनताको संवैधानिक र मौलिक अधिकार खोसे : बालकृष्ण खाँण

IMG

तिलोत्तमा,पुस २६।नेपाली काँग्रेसले रुपन्देहीका १० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा आज बिरोध सभा तथा प्रदर्शन गरयो । जिल्लामा ५ वटा निर्वाचन क्षेत्र अन्तर्गतका १० प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध सभाहरु सम्पन्न भएको हो  ।ति बिरोध सभामा बोल्ने काँग्रेसका नेताहरुले  कम्युनिष्टहरु प्रजातान्त्र  र लोकतन्त्रबादी हुनै नसक्ने कुराको पुष्टि भएको बताए । दुइ तिहाइको सरकार प्रमुखले पार्टीको अन्तरिक कलह मिलाउन नसकेर संविधान च्यात्ने काम गरेको भन्दै काँग्रेस नेताहरुले लोकतन्त्र  र जनाधिकार रक्षाकालागि काँग्रेसको बिकल्प नभएको बताए । रुपन्देही क्षेत्र नं. ३ क को भैरहवामा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री र राष्ट्रपति मिलेर जनताको संवैधानिक र मौलीक अधिकार खोसेको बताए।


प्रतिनिधि सभा बिघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै उनले प्रधानमन्त्री केपि शर्मा ओली नसच्चीए सरकार मात्रै नभइ कम्युनिष्टहरु नै समाप्त भएर जाने बताए ।पुर्व रक्षामन्त्री समेत रहेका नेता खाँणले प्रम ओलीको असंवैधानिक कदमलाइ साथ दिएर राष्ट्रपतिले आफुलाइ नेपाली जनताको नभइ ओलीको राष्ट्रपतिको रुपमा उभ्याएको अरोप पनि लगाए । नेपाली काँग्रेसले जनताकै साथमा रहेर संविधान र लोकतन्त्रको रक्षाकालागि  महत्वर्पूण कदम चाल्ने उनले बताए ।क्षेत्र नं. २ क का सभापती पुरन प्रसाद श्रेष्ठ,प्रदेश सांसद रमा अर्याल,नगरसभापती दिलीप धिताल, प्राध्यापक संघका शंकर पन्थी लगायतले बोल्दै संविधान र जनाधिकार रक्षाकालागि काँग्रेसले चाल्ने  हरेक कदमलाइ नेपाली जनताले साथ दिने बताए । नेता खाँणले क्षेत्र नं. ३ खको अमुवामा भएको भेलालाइ पनि सम्बोधन गरेका थिए  । 


यता रुपन्देही क्षेत्र नं. २ ख को ड्राइभरटोलमा भएको बिरोध सभालाइ काँग्रेस नेताहरु महासमिति सदस्य काजिमान श्रेष्ठ,क्षेत्रीय सभापती हरी लम्साल,२ ख का सभापती माधवलाल देवकोटा,महाधिवेशन प्रतिनिधि मनोरमा शेरचन,जिल्ला सदस्य जितबहादुर मल्ल, तरुणदलका सचिव रमेश शाही,नेविसंघका केन्द्रिय उपाध्यक्ष मुक्ति पौडेल,भुपु सैनीकका लालबहादुर भण्डारी, १ का वडा सभापती  जोवन सिंह ठकुरी,उपसभापती मुक्ती अधिकारी,सचिव राममाया पौडेल लगायतले बोल्दै तीन बर्षमा जनहितका एउटा पनि काम गर्न नसकेको कम्युनिष्ट सरकारले संसद नै भंग गरेर संविधान माथिकु गरेको बताए ।वत्ताहरुले कम्युनिष्ट सरकार दुर्भाग्यपूर्ण रहेछ भन्ने कुराको पुष्टि भइसकेकाले अव नेपाली काँग्रेसको झण्डा मुनी गोलबद्ध हुन सबैलाइ आग्रह समेत गरे । 


क्षेत्र नं. २ ख को नयाँगाँउमा भएको बिरोध सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथि महासमिति सदस्य युवराज गिरी,बुटवल नगरसभापती खेलराज पाण्डे,सैनामैना सभापती रामप्रसाद अधिकारी, महासमिति सदस्य रामबहादुर कार्की,जिल्ला सदस्य गोबिन्द लम्साल,माया गौतम,२ ख का सभापती पर्शुराम ढकाल,डिल्ली शर्मा आचार्य लगायतले बोल्दै कम्युनिष्ट सरकारले मुलुकको लोकतान्त्रिक संबिधान च्यातेर देशलाइ अधिनायकबाद र अस्थिरता तर्फ धकेलेको बताए ।सचिव रबिन्द्रमान श्रेष्ठको संचालन र जमुना ढकालको स्वागतमा भएको  बिरोध सभामा शान्ती समाजका केन्द्रिय उपाध्यक्ष गोबिन्द खनाल,डिएलएका प्रदेश अध्यक्ष गोकर्ण सिंह थापा,उदयराज काफले,डिल्लीशर्मा आर्चाय,पुरुषोत्तम बस्याल लगायतले बोल्दै लोकतन्त्र र संविधान रक्षाकालागि काँग्रेस शसक्त रुपमा अगाडी बढ्नु पर्नेमा जोड दिए । 

कमेन्ट गर्नुहोस्