
८ असोज, काठमाडौं । सरकारले पशुपति र लुम्बिनी क्षेत्र सर्वसाधारणको दर्शनका लागि खुला गर्ने तयारी थालेको छ । त्यसका लागि प्रोटोकल बनाइएर कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा सिफारिस लैजाने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो ।कोरोना भाइरसको महामारीसँगै सरकारले यी दुई धार्मिक गन्तब्यमा सर्वसाधारणको दर्शन रोकेको थियो । तर, सार्वजनिक यातायात समेत खुला भइसकेको सम्बन्धमा पशुपति र लुम्बिनी समेत खोल्नु पर्ने दवाव भने सर्वसाधारणबाट आइरहेको छ । अहिले धार्मिक विधिअनुसार नियमित हुने पुजाआजाबाहेक दुबै गन्तव्यमा सर्वसाधारणले प्रवेश पाउँदैनन् ।
मन्त्रालयले संग्रहालयहरु समेत अवलोकनका लागि खुला गर्ने तयारी गरेको छ ।त्यसका लागि समेत प्रोटोकल समेत बनाइने भएको छ । पर्यटन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समुहको बैठकले यस्तो निर्णय गरेको हो ।
कमेन्ट गर्नुहोस्