
२०७७ आश्विन ३ तिलोत्तमा । बुटवलबाट दुई दिनदेखि बेपत्ता सिनियर अहेब बिष्णु प्रसाद नेपाल शनिबार साँझसम्म भेटिएका छैनन् । सुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत रहेका थिए । नेपाल सोही ठाउँमा रहेको भावना मेडिकल हलका सञ्चालक समेत हुन् । नेपाल बिहीबार राति १२ः १५ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं. को मोटरसाइकलमा निस्केकोमा घरमा नगई बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा उक्त नम्बरको मोटरसाइकल प्रहरीले बुटवल उपमहानगरपालिका–६ स्थित नहरको छेउमा फेला पारेको प्रहरीले जनाएको छ ।
नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहरमा खसेको हुन सक्ने आशंकामो प्रहरीले शनिबार नहरको पानी बन्द गरेर २ दिन सम्म दिनरात खोजी कार्य गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए । उक्त मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा रहेको प्रवक्ता खत्रीले बताए । बेपत्ता नेपालका एक छोरा र एक श्रीमती रहेकी छिन् । अहिले उनको खोजीमा सबै नागरिक ले समेत चासो देखाएका छन्।
कमेन्ट गर्नुहोस्