लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मण्डल खत्वे,तुम्वाहाम्फेसहित २८९ जना कैदीले पाए माफी

tillotmacitynews - 2020 Sep 18 07:42 PM
IMG

बुटवल,असाेज २-विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका २८९ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन् ।मन्त्रिपरिषद्को सिफारितमा शनिबारदेखि लागू हुने गरी हेमराज तुम्वाहाम्फेसहित २८९ जनाले संविधान दिवसको अवसरमा माफी पाएका हुन् ।संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर कैद कट्टा नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाह गर्न सक्ने व्यवस्था छ ।

त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्नु पर्छ ।यस्तै, राम दयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद र जरिवानसमेत माफी गरिएको छ ।संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७६ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।    

कमेन्ट गर्नुहोस्