लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज रुपन्देहीमा थपिए ७६ कोरोना संक्रमित

tillotmacitynews - 2020 Sep 18 07:04 PM
IMG

२०७७ आश्विन २ बुटवल । रुपन्देहीमा शुक्रबार ७६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३१ जना महिला र ४५ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या १ हजार ९४२ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।


स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकामा २१ महिला र २४ पुरुष गरी ४५ संक्रमित थपिएका छन् । यस्तै रोहिणी गाउँपालिकामा १४ जना, तिलोत्तमा नगरपालिकामा ९ जना, सिद्धार्थनगर नगरपालिकामा ३ जना, देवदह नगरपालिका, कन्चन गाउँपालिका, सियारी गाउँपालिका र ओमसतिया गाउँपालिकामा १/१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।


रुपन्देहीमा कूल संक्रमित मध्ये १ हजार १५७ जना संक्रमित निको भएका छन भने ७६५ जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्