लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा एक युवा मृत फेला, हत्याको आशंका

tillotmacitynews - 2020 Sep 18 07:02 PM
IMG

२०७७ आश्विन २ बुटवल । रुपन्देहीमा एक युवा मृत फेला परेका छन् । जिल्लाको शुद्दोधन गाउँपालिका २ खडकबनगाई स्थित खेतमा बुटवल उपमहानगरपालिका १६ बस्ने ३१ वर्षीय टिकाजंग कुँवर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए । उनको निधार, टाउको र मुखमा चोट देखिएकाले हत्या भएको आशंका गरिएको छ ।मृतक कुँवरले लागू औषध सेवन गर्ने र घरमा एक्लै बस्दै आउनुका साथै बाहिर बाहीर बढी हिँडडुल गर्ने गरेको प्रहरीले बताएको छ । शव पोष्ट मार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्