लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मोटरसाइकलको ठक्करबाट बालिका सहित एक युवक घाइते

IMG

रुपन्देहीको बुटवल उ.म.न.पा.१० कालिकानगर स्थित भित्री सडक खण्डमा हिजो दिउसो ४ बजे तिर लु ३१ प ७९३८ नं.को मोटरसाइकलले ६ बर्षीय बालिकालाई ठक्कर दिँदा घाईते भएकी छिन।  घाइते बालिकाको चौराहा अस्पताल बुटवलमा उपचार भई रहेको र  मोटरसाइकल र  चालक वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको ।  


त्यस्तै हिजो साझ रुपन्देहीको तिलोत्तमा न.पा.१५ पंञ्चकन्या स्थित सिद्धार्थ राजमार्गमा भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु२८प १३१ नं.को मोटरसाइकलले तिलोत्तमा १६ जुडा बस्ने पैदलयात्री ४५ बर्षीय बालकृष्ण हमाललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिद्धार्थनगर न.पा.१ बेलहिया बस्ने २४ बर्षीय समिर थापाको टाउकोमा चोट लागी अवस्था सिरियस भएको र पैदलयात्री हमालको दायाँ हातमा चोट र बायाँ खुट्टा फ्याक्चार भएको प्रहरीले जानेको ।  घाइते  दुबै जनाको क्रिमसन अस्पताल मणिग्राममा उपचार भई रहेको र मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।  

कमेन्ट गर्नुहोस्