लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धवावामा ढुंगा मोटरसाईकलमा सवार २ जना घाईते

IMG

बुटवल, भदौ ३० । सिद्धार्थ राजमार्गको बुटवल दोभान सडक खण्डको सिद्धवावा नजिकै खसेको ढुंगाले लाग्दा २ जना घाईते भएका छन ।

केही बेर अघि पाल्पाको दोभान गाउपालिका वडा नं ३ नागथान नजिकै माथिबाट खसेको ढुंगाले लाग्दा बुटवलबाट पाल्पातर्फ जादै गरेको लु ५६ प ६५५८ नं को मोटरसाईकललाई लाग्न जादा त्यसका सवार २ जना घाईते भएका हुन ।


प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेका अनुसार खसेको ढुंगाले लाग्दा बाग्लुङको बढीघाट गाउपालिका वडा नं १ निवासी २५ बर्षिय दिपक थापाको टाउकोमा गम्भिर चोट लागेको छ । त्यसैगरी सोही मोटरसाईकलमा सवार रुकुम आठबिसकोटका अनिल क्षेत्रीको खुट्टामा चोट लागेको छ ।घाईतेहरु दुवैको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि पठाईएको दोभान प्रहरीले जनाएको छ ।  उक्त घटनामा मोटरसाईकल पुर्ण रुपले क्षती भएको  प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्