
आफ्नो पत्नीको मृत्युपछी वा डिभोर्सपछी त्यहि श्रीमतीबाट जन्मेको आफ्नो बच्चाको मानसिकतामा कस्तो असर पर्ला ? आमाबुवाले सन्तानप्रतिको दायित्व बिर्संदा सन्तानमा पर्ने असर र त्यसपछि आउने सानो-सानो कुराले कसैको जिबन तहस नहस हुन खासै बेर लाग्दैन । यहि सन्दर्भलाइ टपक्कै टिपेर बुटवलहुदै काठमाण्डौसम्म आफ्नो पत्रकारिता पेशा अंगालेका संचारकर्मी रामजी ज्ञवालीले लकडाउन बिचमै छोटो चलचित्र डार्क-मुन युट्युब मार्फत रिलिज गरे । बालमनोविज्ञानमा आधारित लघु चलचित्र ‘डार्क मून’ अहिले सामाजिक संजालमा जताततै देख्न पाइन्छ । हुनत नेपाली फिल्म यस्तै कथामा नबनेका होइनन तर चटक्कै मन छुने अभिनय र दृश्यले छोटो समयमा लामो कथा बुन्छ । हरेक परिवारले सोच्न बाध्य बनाएको कथा लाइ सारांशमा लघु चलचित्र ‘डार्क मून’ खर्रो उत्रिएको छ।
रामजी ज्ञवालीको निर्माण निर्देशनमा बनेको चलचित्रमा साहिल खान, सूर्या थापा तथा नेपाली फिल्ममा सम्भावना बोकेका बाल कलाकार क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन्। तनुजा कार्की, निशाव लम्साल, यूमी बरालको अभिनय रहेको चलचित्रको कथा भने प्रदीप भारद्वाजले लेखेका हुन्।कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्। चलचित्रमा सुदीप बरालको डिओपी, एलिस कार्कीको ब्याकग्राउण्ड स्कोर, विशाल निरौलाको गायन तथा संगीत र साहिल खानको सम्पादन छ।
कमेन्ट गर्नुहोस्