लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यी हुन् कोरोना संक्रमणको रेडजोनमा परेका जिल्लाहरु

IMG

काठमाडौँ  । हालसम्म नेपालमा ३२ जिल्ला ‘रेड जोन’मा परेका छन्। सरकारले २ सय भन्दामाथि संक्रमित देखिएका जिल्लालाई ‘रेड जोन’ को सूचिमा राख्ने गरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार रेड जोनमा परेका ३२ जिल्ला मध्य सबै भन्दा धेरै क्रमशः प्रदेश ५ का १२ जिल्ला मध्ये ९ जिल्ला, सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये ७ जिल्ला, प्रदेश २ का ८ जिल्ला मध्ये ७ जिल्ला, गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ३ जिल्ला, कर्णाली प्रदेशका १० जिल्ला मध्ये ३ जिल्ला, प्रदेश १ का १४ जिल्ला मध्ये २ जिल्ला र बाग्मती प्रदेशका १३ जिल्ला मध्ये १ जिल्ला रहेका छन्।

मंगलबारसम्म नेपालमा १९ हजार ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिएका मध्ये १३ हजार ८ सय ७५ जना निको भएर घर फर्किसकेका छन् भने ४९ जनाको मृत्यु भइसकेको छ।

यस्तै सबैभन्दा बढी संक्रमित भेटिने जिल्लाको सूचिमा रौतहट र कैलाली अगाडि रहेका छन्।

रौतहटमा १ हजार ५ सय ११ जनामा र कैलालीमा १ हजार ११ जनामा संक्रमण देखिएको तथ्याङ्कमा उल्लेख गरिएको छ। रौतहट, कैलाली लगायत १६ वटा जिल्लामा ४ सय भन्दामाथि संक्रमित भेटिएका छन्।

दैलेखमा ९५३, महोत्तरीमा ८१७, कपिलवस्तुमा ८०५, सर्लाहीमा ७६६, डाटीमा ७१२, दाङमा ६९१, अछाममा ६७८, धनुषामा ६६२, बाजुरामा ६१९, सुर्खेतमा ५६९, पाल्पामा ५६८, कञ्चनपुरामा ५१५, सप्तरीमा ४६१, बाँकेमा ४१७ संक्रमित भेटिएका छन्।

त्यसैगरी सबै भन्दा कम संक्रमित भेटिने जिल्लाको सूचिमा मनाङ, मुस्ताङ र हुम्लामा रहेका छन्। मनाङमा १, मुस्ताङमा १ र हुम्लामा ४ जनामा संक्रमण देखिएको छ।

डोल्पामा ५, संखुवासभामा ६, भोजपुरमा ६, सोलुखुम्बुमा ८, पाँचथरमा ८, तह्रथुममा ८, दोलखामा १० संक्रमित भेटिएका छन्। हालसम्म १० जिल्लामा १० जना भन्दा कम संक्रमित भेटिएका छन्।

प्रदेश अनुसार जिल्लागत संक्रमित र रेड जोनमा परेका जिल्लाहरु

प्रदेश १

झापा– ३४३
मोरङ– २८७
सुनसरी– १३१
उदयपुर– ९२
इलाम– ३९
पाँचथर– ८
तेह्रथुम– ८
धनकुटा– १६
भोजपुर– ६
खोटाङ– १५
ओखलढुङ्गा– २३
सोलुखुम्बु– ८
शंखुवासभा– ६
ताप्लेजुङ– १५

प्रदेश १ को झापा र मोरङ रेड जोनमा परेका छन्।

प्रदेश २

पर्सा– २८८
बारा– १९४
रौतहट– १५११
सर्लाही– ७६६
मोहत्तरी– ८१७
धनुषा– ६६२
सिराहा– २५१
सप्तहरी– ४६१

प्रदेश २ मा बारा बाहेक अन्य ७ वटै जिल्ला रेड जोनमा परेका छन्।

बाग्मती प्रदेश

चितवान– १२२
धादिङ– १३८
रसुवा– ११
नुवाकोट– ३४
सिन्धुपाल्चोक– ६९
दोलखा– १०
रामेछाप– ३८
काभ्रेपलाञ्चोक– २२
ललितपुर– ५०
भक्तपुर– ९०
काठमाडौँ– ३३६
सिन्धुली– २१
मकवानपुर– ४४

बाग्मती प्रदेशको काठमाडौँ रेड जोनमा परेको छ।

गण्डकी प्रदेश

पूर्वी नवलपरासी– ३४०
तनहुँ– १७७
स्याङ्जा– २३८
पर्वत– १००
बाग्लुङ– २३४
कास्की– ११८
लमजुङ– १११
गोरखा– १२४
मनाङ– १
मुस्ताङ– १
म्याग्दी– ४६

गण्डकी प्रदेशका पूर्वी नवलपरासी र बाग्लुङ रेडजोनमा परेका छन्।

प्रदेश ५

पश्चिम नवलपरासी– १२७
रुपन्देही– ३४७
पाल्पा– ५६८
कपिलवस्तु– ८०५
अर्घाखाँची– ३४३
गुल्मी– ३६९
प्यूठान– ३३५
दाङ– ६९१
रोल्पा– ७३
पूर्वी रुकुम– १२
बाँके– ४१७
बर्दिया– २३१

प्रदेश ५ मा पूर्वी रुकुम, रोल्पा र पश्चिम नवलपरासी बाहेक अन्य ९ जिल्ला रेड जोनमा परेका छन्।

कर्णाली प्रदेश

सल्यान– २६३
सुर्खेत– ५६९
दैलेख– ९५३
जाजरकोट– २६
पश्चिम रुकुम– ३८
कालिकोट– ७३
जुम्ला– ४९
डोल्पा– ५
मुगु– १०
हुम्ला– ४

कर्णाली प्रदेशका सल्यान, सुर्खेत र दैलेख रेड जोनमा परेका छन्।

सुदूरश्चिम प्रदेश

कैलाली– १०११
कञ्चनपुर– ५१५
डडेल्धुरा– ३०३
डोटी– ७१२
अछाम– ६७८
बाजुरा– ६१९
बझाङ– १८२
बैतडी– २८३
दार्चुला– २१

सुदूरपश्चिम प्रदेशमा बझाङ र दार्चुला बाहेक अन्य ७ जिल्ला रेड जोनमा परेका छन्।

कमेन्ट गर्नुहोस्