लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लिम्पियाधुरा सहितको नेपालको नक्सा मन्त्रिपरिषदबाट पारित

tillotmacitynews - 2020 May 19 03:58 AM
IMG

५ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ७ सय ५३ वटै स्थानीय निकायसँगै भारतद्वारा अ’तिक्र’मित भूमि समेटेर नयाँ नक्सा पारित गरेको हो । नक्सामा कालापानी, गुञ्जी, नाबी, लिम्पियाधुरासहितका भूमि समेटिएका छन् ।


नापी विभागका महानिर्देशक प्रकाश जोशीसहित प्राविधिक टोलीले तयार पारेको नक्सा मन्त्रि परिषद बैठकमा भूमिसुधार मन्त्री पद्मा अर्यालले पेश गरेकी थिइन् । सरकारले जेठ २ गते संसद्‍मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मि’चिएका नेपाली भूभाग सहितको नेपालको नक्सा सार्वजनिक गर्ने विषय उल्लेख थियो।


संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समिति र राज्य व्यवस्था समितिले यसअघि नै सबै नेपाली भूभाग समेटेको नयाँ नक्सा जारीगर्न पटकपटक निर्देशन दिएका थिए। भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा देखाएको थियो । त्यसको नेपालमा चर्को वि’रोध मात्र भएन, संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।


भारतले हालै मात्र लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि परराष्ट्र मन्त्रालयले वक्तव्य नै जारी गरेर वि’रोध जनाएको थियो। सरकारले तत्काल वार्ता गर्न चाहेपनि भारतले को’रोना संकटपछि भनेको छ। त्यसैले सरकारलाई छुटेको नेपाली भूभागलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्न चौतर्फी दबाव परेको थियो ।


कमेन्ट गर्नुहोस्