
२ जेठ काठमाडौं । चन्द्रागिरि नगरपालिकाले शनिबार ९भोलि०देखि तीन दिन नगर सिल गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको बैठकले भोलि मध्यान्ह १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्म नगर सिल गर्ने निर्णय गरेको हो ।
राजधानीमा वढ्दो कोरोना संक्रमितको संख्यामा वृद्धि भए संगै कोरोना भाईरसका कारण ४ जना नगरमा सक्रमित भए पश्चात् सो निर्णय गर्नु परेको चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले बताए ।
मेयर गिरीले भने, ‘कोही पनि अनाश्यकरूपमा हिँड्डुल गर्न पाउँदैनन्’, उनले भने, ‘ र औषधिबाहेक सम्पूर्ण व्यवसाय बन्द गर्ने निर्णय गरिएको छ।’
चन्द्रागिरिमा संक्रमित भेटिएसँगै नगरपालिकाले सो क्षेत्रमा कडाइ गरेको हो।
चन्द्रागिरि नगरपालिका भित्र क्वारेन्टाइन राख्ने विषयमा पनि छलफल भईरहेको र कोरोना भाईरस विरूद्द युद्ध स्तरमा लड्न तयार रहेको उप मेयर लिशा नकर्मीले बताईन ।
अहिलेसम्म चन्द्रागिरिमा चार जना संक्रमित भेटिएका छन्। जोखिम नबढोस् भनेर सो कदम चालिएको नगरपालिकाले जनाएको छ।
कमेन्ट गर्नुहोस्