
एजेन्सी – ब्राजिलका पूर्व फुटबल स्टार खेलाडी रोनाल्डिन्हो जेलबाट रिहा भएका छन् ।
जाली राहदानी प्रयोग गरेर पाराग्वे प्रवेश गरेको आरोपमा पक्राउ परेका उनलाई मंगलबार जेलमुक्त गरिएको हो ।
उनीसँगै उनका दाजुलाई पनि रिहा गर्ने निर्णय पाराग्वेको अदालतले गरेको छ ।
जेलबाट रिहा भएपनि रोनाल्डिन्होले होटलमा बन्दीका रुपमा भने रहनु पर्ने छ ।
उनका वकिलले १६ लाख डलर धरौटीका लागि बुझाएको बताएका छन् ।
कमेन्ट गर्नुहोस्