लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

टोकियो ओलम्पिक एक वर्ष पछाडि सर्‍यो

tillotmacitynews - 2020 Apr 24 02:49 AM
IMG

एजेन्सी – आगामी जुलाईमा हुन लागेको टोकियो ओलम्पिक एक वर्ष पछाडि सरेको छ । कोरोना भाइरसका कारण विश्वभर त्रास फैलिएका बेला जापान एक वर्षका लागि प्रतियोगता सार्न सहमत भएको हो ।


जापानी प्रधानमन्त्री सिन्जो आबे र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीबीच टोकियो ओलम्पिक सार्ने सहमती जनाएपछि प्रतियोगिता एक बर्षका लागि सारिएको हो ।


प्रधानमन्त्री आबेले जापान सरकारले ओलम्पिक एक बर्षका लागि सार्न अनुमती मागेकोमा आइओसीका अध्यक्ष थोमस बाकले सहमति जनाएको बताउनुभयो । यस्तै टोकियो पाराओलम्पिक पनि एक बर्षका लागि सरेको छ ।


कोरोनाका कारण टोकियो ओलम्पिक सार्नका लागि चौतर्फी दबाव थियो । जसमा क्यानडा, अष्ट्रेलियाले २०२० मा नै भएमा खेलाडी नपठाउने बताएको थियो । यस्तै बेलायतले पनि ओलम्पिक सार्नका लागि आग्रह गरेको थियो भने अमेरिकी खेलाडी तथा एथ्लेटिक्स संघले पनि टोकियो ओलम्पिक सार्नुपर्ने भन्दै आफ्नो भनाई राखेका थिए ।


तर यता आयोजक जापानले केहि दिन अगाडिसम्म प्रतियोगिता तोकेको मितिमै हुने बताउँदै आएको थियो । जुलाई २४ देखि अगष्टको पहिलो सातासम्म हुने प्रतियोगिता अब अर्को बर्ष हुने छ । यद्यपि, प्रतियोगिता सार्ने निर्णय भए पनि कहिले गर्ने भन्नेबारे अझै टुंगो लागेको छैन । यसबारे आईओसीले चाँडै निर्णय लिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्